‘रेमडिसेभिर’ ईन्जेक्सनको कालोबजारी गर्ने पक्राउ

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँकेमा ‘रेमडिसेभिर’ ईन्जेक्सनको कालोबजारी बढ्दै गएको छ ।

आवश्यक परेका व्यक्तिहरुले नपाइरहेको अवस्थामा यसको कालोबजारी बढ्दै गएपछि कालोबजारी गर्नेहरु प्रहरीको फन्दामा पर्न थालेका छन ।

बजारमा साढे ५ हजारसम्ममा बिक्रि हुने सो ईन्जेक्सन कालोबजारी गरी २५ हजारमा प्रतिभ्वायल बिक्रि गरेको पाइएको छ ।

कोरोना संक्रमितको लागि उपचारमा ‘रेमडिसेभिर’ ईन्जेक्सन सहयोगी बनेता पनि बजारमा अभाव देखाएर महङ्गोमा विक्री गर्नेहरुलाई बाँके प्रहरीले सार्वजनिक गर्न थालेको छ ।

वडा प्रहरी कार्यालयबाट बुधवार खटेको टोलीले नेपालगञ्ज–८ का २३ वर्षिय मो जाबेद अन्सारी र नेपालगञ्ज–११का २५ वर्षिय हारुन अन्सारी लाई पक्राउ गरेको हो ।

उनीहरुलाई २ भाईल ‘रेमडिसेभिर’ ईन्जेक्सन ५० हजारमा बिक्रि गरेको आरोपमा नेपालगञ्ज श्रृष्टिहल नजिकबाट नियन्त्रणमा लिएको हो प्रहरीले जनाएको छ ।

प्रहरीले थप अनुसंन्धान गरिरहेको बताएको छ ।

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech