भेरी अस्पतालाई सेनिटाइजर हस्तान्तरण

असल शासन प्रतिनिधि

बाँके/ द्धन्द्धपिडित तथा एकल महिला सञ्जाल बाँकेले ७० वटा सेनिटाइजर वुधवार भेरी अस्पताललाई हस्तान्तरण गरेको छ ।

द्धन्द्धपिडित तथा एकल महिला सञ्जाल केन्द्रिय कार्यालयको आर्थिक सहयोगमा हस्तान्तरण गरिएको सञ्जालका बाँके अध्यक्ष जयन्ती खत्रीले बताइन ।

सञ्जालका जिल्ला उपाध्यक्ष बिन्दा खरेलले दिउसो अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताललाई हस्तान्तरण गरेको खत्रीले बताईन ।

यसअघि सञ्जाले अण्डा विरतण सुरु गरेकोमा आज चौथो दिन पनि जारी छ ।

यो अभियान कोरोना नियन्त्रण नहुँदा सम्म चलिरहने भएकाले सहयोग गर्न चाहने संस्था तथा व्यक्तिहरुलाई स्थान दिइने द्धन्द्ध पिडित तथा एकल महिला सञ्जाल बाँकेका अध्यक्ष जयन्ती खत्रीले बताइन ।

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • Nabintech