महामारिमा एकताबद्ध हुन दललाई नियोकको आग्रह

असल शासन प्रतिनिधि

महामारिमा एकताबद्ध हुन दललाई नियोकको आग्रह

काठमाण्डौं / कोरोना महामारिका बेला सम्पुर्ण राजनीतिक शक्ति एकतावद्ध रहि सशक्त सहकार्य गर्न राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले आग्रह गरेको छ ।
नियोकका अध्यक्ष सुर्य प्रसाद श्रेष्ठद्धरा आज प्रकाशित बिज्ञप्तीमा बिश्वब्यापी कोरोना महामारीको चपेटामा नेपाल परेको छ जसका कारणले नेपाली जनमानस अत्यन्त आक्रान्त अवस्थामा रहेको छ । झनै दोस्रो लहरको महामारीले त अत्यान्तै दुखान्त अवस्था सृजना भएको छ । अस्पताल तथा बेड,अक्सिजन, अक्सिजन सिलिन्डरको अभाव, भ्याक्सिन एथेष्ट मात्रामा दिन नसकिएको र अन्य आवश्यक औषधिको समेत अभाव महशुस भएको जनाएको छ ।
स्वास्थ्य जनशक्तिको पनि कमी हुनुको साथै अन्य बिभिन्न साधन र स्रोतको अभावले गर्दा हजारौं हजार व्यक्ती र परिवार समेतले मृत्युवरण गर्न परेको यथार्थता हो । यद्यपी यसको सामना गर्न जनप्रतिनीधिहरु केन्द्रीय, प्रदेश र स्थानीयतहका सरकारहरुले यथेष्ट प्रयास गरेको पाईएता पनि महामारी अझै बढ्दो अवस्थामा छ । यस्तो हहाकार महामारीलाई रोकथाम गर्न पर्ने समयमा केन्द्रीय राजनीतिक दलहरु र नेतृत्व वर्गको आन्तरिक र अन्तरकलह तथा सत्तालिप्साको द्धन्दमा व्यस्त रहनु मतदाता तथा सर्वसाधारण नागरिकको लागि आश्चर्य र जीम्मेवारीहिन हर्कत रहेको बिज्ञप्तीमा उल्लेख छ ।
मुलुक र जनतालाई यस्तो दुखान्त अवस्थाबाट मुक्ति दिन सम्पुर्ण राजनीतिक शक्ति एकतावद्ध रहि सशक्त सहकार्य गर्न नियोकले अपिल गरेको छ ।

  • ३० बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech