बैजनाथ गाँउपालिकाको पुलचोक नजिक पुल भासियो

अवेर राति ट्रक नालामा खस्यो, सडक अवरुद्ध, घण्टौ पछि वैकल्पिक निकासको पहल

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँकेको बैजनाथ गाउँपालिका वडा नं ३ स्थित पुलचोक नजिक भासिएको पुल मर्मत नहुदा बिहिबार राति ठुलो दूर्घटना भएको
छ ।

बैजनाथ गाँउपालिकाको नौवस्ता देखि डिगिया हुदै वानियाभार र बनकटवा जोड्ने मुख्य सडकको रुपमा रहेको उक्त सडकको पुलबाट ना ८ ख १६१४ नम्बर को ट्रक दूर्घटना भएको थियो । बिहिवार अवेर राति उक्त पुलबाट ट्रक नालामा खसेको थियो । बिहिवार राति नालामा खसेको ट्रकलाई दुई ओटा डोजरको सहायताले भर्खरै निकाल्न थालिएको बुझिएको छ । ठुलो ट्रकले पुल भत्काएर नालामा खसेपछि उक्त सडक खण्ड बिहिवार रातिबाट नै बन्द रहेको छ । मुख्य सडक खण्ड अवरुद्ध भएपछि सो सडक खण्ड भएर चल्ने सवारी साधनहरुले लामो बाटो आवत जावत गर्नुपर्ने बाध्यता रहेको छ ।

स्थानीय दिपा दर्लामी मगरले दिएको जानकारी अनुसार उक्त पुल झण्डै दुई हप्ता अगाडी भाचिएको थियो । पुलकोे मर्मत तथा बैकल्पिक वाटो बनाउने तर्फ सरोकारवालाहरुले चासो नदेखाउदा दुर्घटना भएका स्थानीयहरुले बताए । स्थानीयहरुले पुलले जोखिम निम्त्याएको भन्दै आवाज उठाईरहेको भएपनि त्यस तर्फ सम्बन्धीत पक्ष मौन बसेको थियो । यस अघि उक्त भासिएको पुलमा जोखिम मोलेर सवारी साधनहरु आवत जावत गरिरहेका थिए ।

बाटो अबरुद्ध भएको घण्टौ पछि उक्त स्थानमा तत्कालका लागि डाईभर्सन (बैकल्पिक निकास) निकाल्न शुरु गरिएको बताईएको छ । स्थानीयहरुले भने जिर्ण अवस्थामा रहेको उक्त पुलको यथा सक्य मर्मत गर्नुपर्ने माग गरेका छन् ।

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech