पत्रकार महासँघ बाँकेले एम्बुलेन्स खरिद गर्ने

असल शासन प्रतिनिधि

नेपालगन्ज / पत्रकार महासंघ बाँके शाखाले कोरोना कहरलाई मध्यनजर गर्दे महत्वपुर्ण निर्णय गरेको छ ।

आज शुक्रवार महासंघका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस महामारीले बाँकेका पत्रकारलाई पारेको समस्या र समाधानका लागि भएका कामहरुको समिक्षा गर्दै महत्वपुर्ण निर्णयहरु गरेको हो ।

जसमा कोरोना महामारीलाई मध्यनजर राख्दै नेपाल पत्रकार महासंघ बाँके शाखाद्वारा पत्रकार तथा आमनागरिकलाई सर्वशुलभ रुपमा सेवा प्रदान गर्न एम्बुलेन्स खरिद गर्ने निर्णय गरिएको अध्यक्ष भण्डारीले बताए ।

मुनाफारहित सेवाभावले खरिद गर्न लागिएको एम्बुलेन्सको आर्थिक व्यवस्थापनका लागि उपाध्यक्ष संगीन शर्माको संयोजकत्वमा सात सदस्यीय ‘आर्थिक सहयोग संकलन समिति’ गठन गरिएको छ ।

साथै एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गर्न सम्पूर्ण पत्रकार, सञ्चारगृह, उद्योगी, व्यवसायी, समाजसेवी, सरकारी÷गैरसरकारी निकाय सबैलाई नेपाल पत्रकार महासंघ बाँके शाखा सार्वजनिक रुपमा आव्हान समेत गरेको छ ।

यसैगरी नेपाल पत्रकार महासंघ बाँकेको अनुरोधमा बाँकेका पत्रकारहरुलाई निःशुल्क स्वास्थ्य उपचार तथा परामर्श गरिरहनु भएका डा. सुभाष योगी र स्वास्थ्य सामाग्री प्रदान गर्नु हुने सबैमा हार्दिक धन्यवाद प्रकट गर्नुका साथै ईस्लाम धर्मालम्बीहरुको पवित्र पर्व ईद–उल–फित्रको अवसरमा सम्पूर्ण सञ्चारकर्मी एवं नेपालीमा हार्दिक शुभकामना ब्यक्त गरेको महासँघ बाँकेका सचिब कमल डांगीले बताए ।

आजै पत्रकार महासंघ बाँकलेसम्पुर्ण पत्रकारहरुलाई स्वास्थ्य सजकता अपनाउन आग्रह गर्दे माक्स र सेनिटाइजर वितरण गरेको छ ।

शुक्रवार महासंघको कार्यालयबाट पत्रकारहरुलाई उक्त सामाग्री वितरण गरिएको हो ।

 

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech