बिज्ञापन मेटाउँदै अम्बे

असल शासन प्रतिनिधि

नेपालगन्ज/नेपालको ठूलो भनिएको अम्बे स्टिल्स नामक कम्पनीले अनुमति वेगर बिधुत पोलमा प्रचारका लागि गरेको पेन्टिङ्ग मेटाउन शुरु गरेको छ ।

कम्पनीले मनपरि रुपमा बजार क्षेत्रका सबै बिद्युत पोलमा कम्पनीको बिज्ञापन राखेको बिषयमा असल शासन मिडियाले समाचार प्रकाशन गरे पछि बिधुत प्राधिकरणको ध्यानाकर्षण भएको थियो । प्राधिकरणको निर्देशन बमोजिम गल्ति स्विकार गर्दै अम्बेले उक्त बिज्ञापन हटाउन शुरु गरेको हो ।

असल शासन डटकम र असल शासन पोष्टमा लगातार दुईपटक उक्त बिषयमा समाचार प्रकाशन हुनुका साथै बासले नेपाल बिधुत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रको ध्यानाकर्षण गराए पश्चात बिधुत एक्सनमा आएको हो ।

नेपालगन्ज स्थित पुष्पलाल चौक बाट बिज्ञापन मेटाउन शुरु गरिसकेको अम्बे स्टिल नेपालगन्जका प्रबन्धक अनुज श्रेष्ठले असल शासनलाई बताए । उनले अनुमति वेगर बिधुत पोलमा राखिएको बिज्ञापन हटाउन थालेको बताए ।

म्यानेजर श्रेष्ठले विज्ञापनका विषयमा सरकारले प्रष्ट नीति बनाउनु पर्नेमा जोड दिए । अम्बे स्टिल्सले बिज्ञापन हटाउन थालेपछि अनुमति बिना बिधुत पोलमा विज्ञापन गरीरहेका अन्य कम्पनी, विद्यालय तथा संस्थाहरुलाई समेत कानुनी दायरामा आउन आग्रह गर्ने नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख लखनलाल मल्लिकलले प्रतिबद्धता गरेका छन् । यस बिषयमा असल शासन मिडियाले फागुन १ गते बिधुत पोलमा अम्बेको मनपरि बिषयमा समाचार प्रकाशन गरेको थियो ।

उक्त समाचार प्रकाशन पछि पनि समस्या समाधान नभएपछि पुनः फलोअप समाचार प्रकाशन गरिएको थियो । तत्पश्चात नेपाल बिधुत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख लखनलाल मल्लिकले अम्बे स्टिल्सलाई बिज्ञापन हटाउन निर्देशन दिएका थिए ।

नेपालगन्जका प्रत्येक बिधुत पोलमा अनुमति बेगर विभिन्न कम्पनी तथा व्यवसायिक संस्थाहरुले बिज्ञापन बोर्ड तथा पेन्टिङ्ग गरेपछि नेपालगन्ज बजार नै कुरुप देखिएको छ ।

नेपालगन्ज उपममहानगरपालिका राजस्व शाखाको बिवरण अनुसार, नेपालगन्ज नगरभित्र मात्रै ५ सय १ बिद्युत पोल छन ।

अम्बेले विज्ञापन मेटाएको पोल ।

 

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech