कोरोना नियन्त्रणमा नेपालगन्ज उपमहानगरपालिकाको सक्रियता: सञ्चालित गतिविधि सार्वजनिक

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्ज उपमहानगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि सक्रियता जनाएको छ ।

उपमहानगरपालिकाले आज आइतबार एक कार्यक्रमका बिच कोरोना महामारी नियन्त्रणका लागि सञ्चालित गतिविधि र उपलब्धीहरुलाई सार्वजनिक गरेको छ ।

जसमा नेपालगन्ज उपमहानगरपालिकाले ५४ जना स्वास्थ्यकर्मी करारमा भर्ना गरेको छ ।

ति मध्ये १५ जना भेरी अस्पतालमा कार्यरत रहेका छन । अन्यलाई जमुनाहस्थित हेल्थडेस्क,आईसोलेसन र वडास्थित स्वास्थ्य कार्यालयमा परिचालन गरिएको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमसेर राणाले बताए ।

भेरी अस्पतालमा कोभिडका विरामीको चापलाई मध्यनजर गर्दे भेरी अस्पतालको प्रत्यक्ष निगरानी रहने गरि रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० सइयाको अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालन गरेको उपमहानगरपालिकाले जनाएको छ ।

यस्तै भारतबाट फर्किनेहरुको सीमानाकामा हुने एन्टिजिन परीक्षणमा पोजिटिभ देखिएपछि राख्नका लागि होटल ह्वाईटहाउसमा ५० सइयाको आईसोलेसन वार्ड सञ्चालन गरेको छ ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ मा चिकित्सक सहित १० सइयाको आईसोलेसन केन्द्र सञ्चालन गरिएको छ । नगरपालिकाभित्र कुनैपनि स्वास्थ्य समस्या समाधान र आवश्यक सुझाव तथा परामर्शका लागि चिकित्सक सहित विज्ञ समुहको गठन गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाद्धारा सञ्चालित कोरोना नियन्त्रणका गतिविधि विस्तृतमा हेर्नुहोस ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech