स्वतन्त्र पत्रकार संघ बाँकेले गर्यो क्यालेन्डर बिमोचन

असल शासन प्रतिनिधि

नेपालगन्ज / स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाले नयाँ बर्ष २०७८ को बार्षिक क्यालेन्डर बिमोचन गरेको छ ।
पत्रकार बन्नु त स्वतन्त्र बन्नु स्वतन्त्र नै हो पत्रकार भन्नु भन्ने मुल नारा राखेर प्रकाशन गरिएको क्यालेन्डरको आज एक कार्यक्रमका बिच स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय पार्षदद्धय बरिष्ट पत्रकार निरज गौतम र कमल बिके निर्मौहिले आज बिमोचन गरेका छन् ।
क्यालेन्डर बिमोचन कार्यक्रममा बोल्दै स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय पार्षद बरिष्ट पत्रकार निरज गौतमले अन्य पत्रकारको तुलनामा फरक पहिचान बनाउन सफल स्वतन्त्र पत्रकार संघले कोभिडको सक्रमणका बिच क्यालेन्डर प्रकाशन उपलब्धीपूर्ण रहेको बताए । उनले संघले मिठा कामहरु गरेर सामाजिक उत्तरदायित्व पुरा गरिरहेको खुसी लागेको बताए ।

यसैगरी कार्यक्रममा बोल्दै राष्टिय पार्षद बरिष्ट पत्रकार कमल बिके निर्मौहीले स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाले भित्ते पात्रो प्रकाशन गरेकोमा शाखालाई बधाई ज्ञापन गरे । स्वतन्त्र पत्रकार सँघ नेपाल बाँकेका सदस्य हेमराज भट्टले सञ्चालन गरेको बिमोचन कार्यक्रममा धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बाँके शाखाका अध्यक्ष नमस्कार शाहले गरेका थिए । विमोचन कार्यक्रममा राष्ट्रिय पार्षदहरु, बाँके शाखाका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech