स्वास्थ्यकर्मी सहित घरदैलोमा वडा अध्यक्ष बर्मा

कोभिड सक्रमितलाई परामर्श, स्वास्थ्य चेकजाँच, सचेतना देखि स्वास्थ्य सामाग्री उपलब्ध गराईदै

असल शासन प्रतिनिधि

नेपालगन्ज / कोरोना सक्रमणका कारण होम आईसोलेशनमा बसेका वडा बासिहरुलाई हौसला थप्न आज देखि वडा अध्यक्ष सहित स्वास्थ्यकर्मीहरुको टोलीले घरदैलो स्वास्थ्य सेवाको शुरुवात गरेकोछ ।


कुरा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ को हो कोरोना सक्रमित भई घरमा स्वास्थ्यलाभ गरिरहेका व्यक्तिहरुको घर मै वडा अध्यक्ष बिद्याराम बर्मा स्वास्थ्यकर्मीको टोली सहित पुगेपछि वडाबासिहरुले निकै खुसी लागेको बताएका छन् । घरमै आएर स्वास्थ्य अवस्था बुझ्दा हामीलाई निकै हौसला मिलेको छ उनीहरुले असल शासनलाई बताए । सहज अवस्थामा जो कोही भेट्न आउछ अप्ठेरो परेको बेला वडा अध्यक्ष घरदैलोमा पुग्दा आत्मविस्वास बढेको उनीहरुको प्रतिक्रिया थियो ।
जेष्ठ ४ गते मंगलबार बिहान घरदैलोमा स्वास्थ्यकर्मीको टोली सहित भेटिएका अध्यक्ष बर्माले असल शासनसँग भने–संकट र संक्रमणका बेला हामीले वेवास्था गर्ने हो भने वडाबासिको स्वास्थ्य सुरक्षा कसले गर्छ । हामि जनप्रतीधि हौं महामारिका बेला हाम्रो मुख्य दायित्व वडाबासिको सुरक्षा हो । सरल स्वभावका अध्यक्ष बर्माले बिरामीलाई कुनै समस्या भएमा सम्पर्क गर्न अपिल गरिरहेका थिए ।

अध्यक्ष बर्मासँग बिहानै देखि घरदैलोमा खटिएका जन स्वास्थ्य निरिक्षक सरोज कुमार मिश्रले १६ घरमा पुगेर आवश्यक परामर्श दिएको बताए । उनले घरदैलोको क्रममा कोभिड सक्रमण रोगथाम सम्बन्धी पर्चा पम्पलेट बितरण, मास्क, स्यानिटाईजर, औषधि सहितका अन्य स्वास्थ्य सामाग्री बितरण सँगै केही समस्या भएमा सम्पर्क गर्न वडा र स्वास्थ्य कर्मचारीको सम्पर्क नम्बर उपलब्ध गराईरहेको बताए । घरदैलोमा पुग्दा यस्तो बिषम परिष्थीतिमा घरदैलोमा आएकोमा वडाबासिले खुसी हुदै धन्यबाद दिएको बताए । अभियान नियमित रुपमा चलिनै रहने बताईएको छ । यसरी घरदैलोमा वडा अध्यक्ष बिद्याराम बर्मा, जन स्वास्थ्य निरिक्षक सरोज कुमार मिश्र, अहेब मायाराम बुढाथोकी, कार्यालय सहयोगी अमित कुमार यादब र स्वयम् सेवक अनुज बर्मा रहेका छन् ।
केही दिन अगाडी मात्रै कोरोना सक्रमण बिरुद्ध अभियान सञ्चालन गर्दा वडा अध्यक्ष बर्मा आफै कोरोना सक्रमित बनेका थिए । कोरोना लाई पराजित गरि स्वस्थ्थ भएपछि पुनः उनी घरदैलोमा निश्किएका हुन् । नेपालगञ्ज उपमहानगरपालिका बडा नं २२ मा हाल ४९ जना कोरोना सक्रमित रहेका छन् ।

  • ४ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech