हरित अभियान्ता काफ्लेलाई ‘कन्जरभेसन अवार्ड’

असल शासन प्रतिनिधि

नेपालगन्ज/ निरन्तर मेहनत गर्ने हो भने अवश्य सफल भइन्छ भन्ने उदारहण बनेका छन नेपालगन्जका हरित अभियान्ता हेमन्त राज काफ्ले । काफ्लेलाई विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालले आज बुधबार भर्चुअल प्रविधीमार्फत् नगद ५० हजारसहित ‘कन्जरभेसन अवार्ड’ अवार्ड प्रदान गरेको छ ।

डब्लुडब्लुएफ नेपालले हरेक वर्ष वन्यजन्तु तथा वातावरण संरक्षणमा उत्कृष्ट कार्य गरेबापत व्यक्ति तथा संस्थालाई यस्तो अवार्ड प्रदान गर्दै आएको छ । कन्जरभेसन अवार्ड प्राप्त गरिसकेपछि काफ्लेले वातावरण संरक्षणको क्षेत्रमा काम गर्ने थप हौसला थपिएको बताए ।

काफ्लेले विरुवा अभियान मार्फत् नेपालगन्ज लगायत विभिन्न जिल्लामा ६० हजार बढि बिरुवा रोपिसकेका छन ।

वातावरण संरक्षणमा सबैको सहभागिता र सकारात्मक सोँचको विकास होस् भन्ने उद्देश्यले विगत ११ वर्षदेखि उपहारस्वरुप उनले बिरुवा दिँदै आएका छन ।
कसैको जन्मदिन, बैबाहिक वर्षगाँठ, ब्रतबन्ध, विभिन्न चाडपर्व होस् वा कुनै कार्यक्रम होस् उनी निम, जामुन, सितलचिनी, कोईरालो, कागती लगायत प्रजातीका बिरुवा उपहार स्वरुप दिँदै आएका आएका उनी उदाहरणीय बन्दै गएका छन् ।

नेपालगन्ज आउने देशका विशिष्ट व्यक्ति हुन् वा अरुकोहीलाई प्रत्येक्ष भेटेर उपहार स्वरुप बिरुवा वितरण गर्दै आएका छन् ।

वातावरण संरक्षणमा उत्कृष्ट काम गरेको वातावरण संरक्षणमा रुची राख्ने गरेका काफ्लेले हालसम्म उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, राजा ज्ञानेन्द्र शाह, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, मन्त्री, पुर्वमन्त्री, सांसद, कलाकार, चिकित्सक, कर्मचारी, पत्रकार, राजनीतिक नेता लगायतलाई निःशुल्क विरुवा दिइसकेकाछन् ।

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech