नरैनापुर पिएससी अस्पतालमा थप स्वास्थ्य सामाग्रीको व्यवस्थापन गर्दे प्रदेश सांसद नमुना

असल शासन प्रतिनिधि

बाँके/लुम्बिनी प्रदेशका प्रदेश सांसद कृष्णा केसी नमुनाले बुधवार बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर २ स्थित लक्ष्मणपुर पिएससी अस्पतालमा आफ्नो पहलमा आएका स्वास्थ्य सामाग्रीको अवस्था अवलोकन गरेकी छिन ।

बिरामीहरुको सहज उपचारको लागि लुम्विनी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट अक्सिजन,बेड तथा स्वास्थ्य सामाग्रीहरु आइसकेको र केहि आउने तयारीमा रहेको बताईन ।

आज गरेको अनुगमन अनुसार २० वटा बेड ,अक्सिजन सिलिण्डर र केहि स्वास्थ्य सामाग्री आइसकेको र केही आउन बाँकी रहेको बताईन । साथै सांसद नमुनाले अस्पतालमा उपचारत कोरोना संक्रमित बिरामीहरुलाई भेटेर स्वास्थ्य लाभको कामना पनि गरेकी छिन ।

चिकित्सकहरुलाई काम गर्दा आइपर्ने समस्याबारे पनि छलफल गरी समाधानको लागि योजना बनाउने तयारीमा रहेको उनले बताइन । अहिले उक्त अस्पतालमा २१ जना कोरोना संक्रमितहरुले सेवा लिइरहेका छन भने हाल अस्पतालमा ३५ वटा बेडहरु रहेका छन ।

यसैबिच सांसद नमुनाले सो क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालयहरुको व्यवस्थापनका लागि काम अगाडि बढाउन निर्देशन दिएकी छिन ।

प्रहरी कार्यालयहरुको भौतिक व्यवस्थापन पछि सुरक्षा प्रदान गर्न सहज हुने भएकाले यो कामलाई पनि प्राथमिकतामा राखेको उनले बताईन । बर्षातको समय आउन लागेकाले यसबारे पुर्वतयारीका लागि पनि आवश्यक पहल खेलिरहको उनले बताईन ।

 

  • ५ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech