निशुल्क प्याकिङ भोजन सञ्चालन गर्दै मनकारी वडा अध्यक्ष

असल शासन प्रतिनिधि

नेपालगन्ज /  कोरोना भाइरस महामारीको सुरुवातदेखिनै जनताको बिचमा बिभिन्न कार्यहरु गर्दै आएका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहना कोभिड—१९ को दोस्रो लहरमा अँझ बढी सक्रिय हुँदै आएका छन् ।

कोरोना भाइरसको पहिलो लहर अथवा सुरुवाती चरणमा वडाका नागरिकहरुलाई राहत वितरण लगायतका कार्यमा अग्रपंक्तिमा रहि काम गरेका बेहानाले दोस्रो लहरमा बिभिन्न उदाहरणिय र मानविय कार्यहरु गर्दै आएका छन् । नेपालगन्जमा अक्सिजनको चरम अभाव भएको समयमा ब्यक्तिगत लगानीमा भेरी अस्पताललाई अक्सिजन सिलिण्डर खरिदका लागि रकम सहयोग, वडामा अक्सिजन सहितको आइसोलेसन निर्माण लगायतका थुप्रै काम गरिसकेका बेहनाले फेरी अर्को मानविय कार्य गर्ने भएका छन् । बेहनाले नेपालगन्ज मेडिकल कलेज र युनाइटेड अस्पताल नेपालगन्जलाई लक्षित गरी निशुल्क प्याकिङ भोजनको ब्यवस्थापन गर्ने भएका छन् । अस्पतालमा भर्ना भएका सबै खालका बिरामी, बिरामी कुरुवा र अन्य असहाय तथा गरिवहरुका लागि निशुल्क प्याकिङ भोजनको ब्यवस्थापन गर्न लागिएको बेहनाले  बताए।

अध्यक्ष बेहनाले व्यक्तिगत लगानीमा आज बिहान १० बजेदेखि नेपालगन्ज उपमहानगरपालिका कार्यालय नजिकै निशुल्क प्याकिङ भोजनको व्यवस्था गर्न लागेको असल शासन डटकमलाई जानकारी दिए । उनका अनुसार १० बजेदेखि दिउँसो १ बजे सम्म चल्ने उक्त प्याकिङ भोजन सबै शाकाहारी हुने छ । जनतालाइ राहत हुने र हित हुने बिभिन्न कार्य गर्दै आएका वडा अध्यक्ष बेहनाले लकडाउन अवधिभर प्याकिङ भोजन सन्चालन गर्ने बताएका छन् ।

 

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech