एसएलसी ब्याच २०६० द्वारा स्वास्थ्य सामाग्री सहयोग

असल शासन प्रतिनिधि

दैलेख/ दैलेखको नारायण नगरपालिका स्थित त्रिभुवन उच्च माध्यामिक बिद्यालयको एसएलसी ब्याच २०६० सालका विद्यार्थिहरुले स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

अत्यावश्यक स्वास्थ्य उपकरणको रुपमा रहेको अक्सिजन कन्सन्टेटर १ थान र अक्सिजन माक्स १५ थान आज स्वास्थ्य सेवा कार्यालय दैलेखलाई हस्तान्तरण गरेका हुन् । त्रिभुवन उच्च मा.वि. का प्राचार्य श्री निरक तारामी मार्फत उक्त सामाग्री सहयोग गरिएको हो । त्रिभुवन उच्च माध्यामिक बिद्यालयमा अध्यायन गरी २०६० सालमा एलएलसी दिएका बिद्यार्थिहरुले ब्यक्तिगत रुपमा रकम जम्मा गरी उक्त स्वास्थ्य सामाग्री सहयोग गरेको एसएलसी ब्याच २०६० का बिद्यार्थि सुलोचना अधिकारीले बताइन् ।

२०६० सालमा संगै एसएलसी दिएका ५३ जना बिद्यार्थिहरु सामाजिक संजालमा जोडिएर सहयोग संकलन गरी अहिलेको विशम परिस्थितीमा सहयोगी भावनाले सामाग्री सहयोग गरेको अधिकारीले बताइन् । त्यतिबेला संगै एसएलसी दिएका बिद्यार्थीहरु अहिले बिभिन्न क्षेत्रमा कार्यरत छन् । बिभिन्न ठाउँमा रहेका साथीहरुको फेसबुकमा ग्रुप बनाएर रकम संकलन गरी करिब १ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्न सफल भएका छन् ।

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech