सहपाठीले दियो अञ्जनीलाई एक लाख

असल शासन प्रतिनिधि

नेपालगन्ज/ कति सोचेर राखिएको नाम होला यो सहपाठी क्लब । साथीहरु सँगको अविस्मरणीय क्षण अनि बाचुन्जेलको सामाजिक सेवाको भावना । कल्बको नाम सुन्दै आनन्द महसुस हुने ।

कपितय संस्थाहरु तथा कल्बहरु खुलेपछि केहि समय चर्चामा रहने र पछि अस्ताउने गर्छन ।

तर सहपाठी कल्बका सहपाठीहरु दुःख विपदको समयमा एकजुट भएर काम गर्छन । यो पहिचान सहपाठी कल्बले बनाइसकेको छ ।

नेपालगन्जले भेरी अस्पतालका बिरामी र कुरुवालाई २० रुपैयाँमा खाना खुवाउन एक लाख रुपैयाँ सहयोग गरेको छ ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा शैक्षिक शत्र २०५७–०६० मा स्नातक तहमा अध्ययन गरेका विद्यार्थीहरु मिलेर सहपाठी कल्ब खोलेका थिए ।

कल्बका सहपाठीहरुले बिहीबार नेपालगन्जको भेरी अस्पताल परिसरमा २० रुपियाँमा खाना खुवाइरहेको श्रीसुन्दरकाण्ड मित्र मण्डल अञ्जनी माता रसोइलाई एक लाख एक हजार ५१ रुपैयाँ हस्तान्तरण गरेको सहपाठी कल्बका सदस्य रुपन ज्ञवालीले बताए ।

उनका अनुसार ४१ सदस्यले व्यक्तिगत रुपमा रकम संकलन गरेका हुन ।

कल्वको सदस्यमा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, युवा नेता रत्न खत्री, नेपाल प्रहरीका डीएसपी हेमबहादुर शाही, पत्रकार जयनारायण शाह, रुपन ज्ञवाली, जेन्टिल गौतम लगायत रहेका छन ।

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech