नेपालगन्ज आईसोलेसन प्रभावकारी

असल शासन प्रतिनिधि

नेपालगन्ज/  नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १० का युवराज शाह कोभिड संक्रमण भएपछि सुरुमा भेरी अस्पताल हुँदै उप–महानगरपालिकाले सञ्चालन गरेको रामलिला मैदानस्थित आईसोलेसनमा बसे ।

बिहिवार कोभिड निको भई घर फिर्ता हुनेक्रममा शाहले कोभिड रोकथाम र नियन्त्रणका लागि नेपालगञ्जले गरेको प्रयासको प्रशंसा गरे ।

नेपालगञ्जले निःशुल्क पिसिआर परीक्षण र एन्टिजिन परीक्षण, निशुल्क एम्बुलेन्स सेवा, आईसोलेसनमा बस्नेहरुको लागि खाना र नास्ताको व्यवस्था गर्दै आएको भन्दै उनले आईसोलेसन बसाई एकदमै राम्रो भएको बताए ।

आईसोलेसनको सम्पूर्ण सेवा र अन्य व्यवस्थापन राम्रो भएको उनको भनाई छ । रामलिला मैदानस्थित आईसोलेसनमा चिकित्सकसँगै स्वास्थ्यकर्मीले नियमित रेखदेख गर्दै आएका छन ।आईसोलेसनमा गरिएको सम्पूर्ण व्यवस्थापन एकदमै राम्रो छ , डिस्चार्ज हुनेक्रममा शाहले भने,– नगरबासीका लागि उपमहानगरले गरेको प्रयास आफैमा सह्रानीय छ ।

नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले कोभिड रोकथाम र नियन्त्रणका लागि सुरुवातदेखि नै नेपालगञ्जले आवश्यक तयारी सहित लागिपरेको बताईन ।

आईसोलेसनमा नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख मगर सहित दैनिकजसो पुगेर विरामीको अवस्था बारे जानकारी लिने तथा स्वास्थ्यकर्मीसँग आवश्यक छलफल गर्ने गरेका छन ।

नेपालगञ्जले रामलिला मैदान र ह्वाईटहाउसमा आईसोलेसन केन्द्र सञ्चालन गर्दै आएको छ । नगरको वडा नम्बर ४ र वडा नम्बर १२ पनि पनि आईसोलेसन केन्द्र सञ्चालनमा छ ।

  • ७ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech