एन्फोद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

असल शासन प्रतिनिधि

सुर्खेत / बातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले सुर्खेतका दुई ओटा स्थानिय तहमा स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
खानेपानी सरसफाइ तथा स्वच्छता दिगो विकास लक्ष्य परीयोजना अन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिकाको कोभिड अस्पताल र बराहताल गाउँपालिकाको केन्द्रलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामाग्रीहरु सहयोग हस्तान्तरण गरेको छ ।


सहयोग हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीहरुमा प्रत्येक नगरपालिकाको लागि ओक्सिमिटर २५ वटा, थर्मोमिटर २५, व्यक्तिगत सुरक्षा पहिरण २५ थान, निर्मलिकरण स्प्रे २५ वटा, सर्जिकल मास्क २५ ओटा, सर्जिकल ग्लोवस २५ ओटा, सेनिटाईजर १५ बोतल, फेसवास २५ वटा र ढकन भएको बाल्टिन २५ वटा रहेको छ । उक्र सामाग्री एन्फोका परियोजना कर्मचारीले नगरपालिका स्वास्थ्य शाखाका प्रतिनिधिलाई हस्तान्तरण गरेका थिए ।

  • ८ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech