नरैनापुरको प्रमुख प्रशासकिय अधिकृतमा बस्नेत

असल शासन प्रतिनिधि

नेपालगन्ज / बाँकेको नरैनापुर गाँउपालिकाको नयाँ प्रमुख प्रशसकिय अधिकृतमा दल बहादुर बस्नेत ले जिम्मवारी सम्हालेका छन् ।
यस अघि प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत महेन्द्रजङ्ग शाहीको सरुवा भएपछि केही दिन देखि रिक्त प्रमुख प्रशासकिय अधिकृतमा दल बहादुर बस्नेतलाई पठाईएको हो । प्रमुख प्रशासकिय अधिकृतको रुपमा आज देखि जिम्मेवारी सम्हालेका बस्नेतलाई गाँउपालिकाका कार्यवाहक अध्यक्ष मसुद अहमद शाह लगायत जनप्रतिनिधि तथा कर्मचारीले स्वागत गरेका छन् । स्वागत पछि कावा अध्यक्ष शाहको अध्यक्षतामा भएको जनप्रतिनिधि र कर्मचारी बिचको बैठकमा स्वागत तथा परिचयात्मक कार्यक्रम गरिएको गाँउपालिकाले जनाएको छ । बैठकमा प्रमुख प्रशासकिय अधिकृत बस्नेतले गाँउपालिकाको अवस्थाको बारेमा जानकारी लिएका थिए भने आर्थिक बर्ष समाप्त हुन लागेकाले सम्पन्न हुन बाकि कामहरुलाई पुरा गर्न तर्फ लाग्न कर्मचारीहरुलाई निर्देशन दिएको बताईएको छ ।
यस अघि पनि नरैनापुर गाँउपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा जिम्मेवारी सम्हाली सकेका बस्नेतलाई पहिलेको अनुभवले काम गर्न भने सहज हुने देखिन्छ ।

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech