शाहीको पहलमा स्वास्थ्य सामाग्री सहयोग

असल शासन प्रतिनिधि

काठमाण्डौं / दैलेख भगवतीमाइ गाउँ गाउँपालिकामा रहेका आईसोेलेशनका लागि स्वास्थ्य सामाग्री पठाईएको छ ।
बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ३ घर भई हाल राजधानी काठमाण्डौं बस्दै आउनु भएकी मेनका शाहीको पहलमा दैलेखका आईसोलेशन सेन्टरका लागि आज उक्त सामाग्री पठाईएको हो । यसरी पठाईएका सामाग्रीहरुमा १ ओटा अक्सिजन, ५ ओटा सिलिन्डर, १ हजार ओटा पन्जा, १० वटा गम्बुट, एन ९५ मास्क, २० ओटा, ५ लिटर सेनीटाईजर, २०० पाकेट सर्किकल माक्स लगायतका स्वास्थ्य सामाग्री रहेका छन् । दैलेखको भगवतीमाई गाँउपालिकाका विभिन्न आईसोलेसनमा स्वास्थ्य सामाग्रीको अभाव रहेका बेला उक्त अभाव पुर्ती गर्न सामाग्री पठाईएको मेनका शाहीले असल शासन डटकमलाई बताइन् ।

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech