उच्च अदालत बार एशोसिएसनको सह सचिवमा अमृता

असल शासन प्रतिनिधि

नेपालगन्ज / अधिवक्ता अमृता केसीलाई नेपालगन्ज उच्च अदालत बार एशोसिएसनको सह सचिवमा मनोनयन गरिएको छ ।
नेपालगन्ज उच्च अदालत बार एशोसिएसनको आज बसेको बैठकले कार्यसमितिका एक मात्र महिला सदस्य अधिवक्ता अमृता के सीलाई सह सचिवमा मनोनयन गरेको हो । बैठकले केसी कै संयोजकत्वमा पाँच सदस्सीय महिला शाखा गठन गर्ने निर्णय गरेको छ । यसरी गठित शाखाको सदस्यमा सुनिता शर्मा, कुशुमा सुवेदी, देवीमाया खत्री र शान्ता पोख्रेल रहेका छन् । भने नेपालगन्ज उच्च अदालत बार एशोसिएसनले कोरोना संक्रमति कानून व्यवसायीहरुलाई सहयोग गर्नका लागि कार्यसमितिका सचिव पदम पाण्डेको संयोजकत्वमा ३ सदस्सीय सहयोग परिचालन समिति गठन गरिएको छ ।

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech