नेपालगन्जमा ५० प्रतिशत अनुदानमा धानको विउ

असल शासन प्रतिनिधि

नेपालगन्जमा/ नेपालगन्ज उप–महानगरपालिकाले नगरक्षेत्रभित्रका किसानहरुलाई सहुलियत दरमा उन्नतजातको धानको विउ वितरण सुरु गरेको छ ।

उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको विउ वितरण कार्य सुरु गरेको छ । बिहिवारदेखि किसानलाई धानको विउ वितरण सुरु गरिएको हो ।

नगर प्रमुख डा. धवलशम्शेर राणाले विहिबार सुभारम्भ गरेको कार्यक्रम केही दिनसम्म चल्ने छ । १५.७५ मेट्रिक टन धानको विउ वितरण गर्न लागिएको छ ।

५० प्रतिशत अनुदान प्राप्त गर्ने भएपछि धानको विउ लिन किसानहरुको लाम लागेको छ । किसानको आवश्यकता अनुसार कम्तिमा ३५ किलोको एक बोरी धानको विउ उपलब्ध गराउने गरिएको छ ।

राधा– ४, रामधान, बहुगुणे–२ र सावा मन्सुरी सव वन गरि चार किसिमका धानका विउ वितरण भईरहेको उपमहानगरपालिकाले जनाएको छ ।

 

  • १० जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech