कोभिड बेडहरु खाली हुन थाले

असल शासन प्रतिनिधि

 

नेपालगन्ज / कोरोना भाइरसको महामारीका कारण बेड नपाइने समस्या अब बाँकेमा समाधान हुँदैछ ।

संक्रमितहरु घट्दै गएपछि बेडहरु खाली हुन थालेका छन । यो सबैका लागि खुशीको कुरा हो ।

आज प्राप्त जानकारी अनुसार बाँकेमा रहेका विभिन्न अस्पताल गरी दिउँसो सम्म ५८ वटा कोभिड बेडहरु खाली भएका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिृकत नरेशबाबु श्रेष्ठका अनुसार भेरी अस्पतालमा ११, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा २९, वेस्टर्न अस्पतालमा १३ (सर्जिकल बेड) र युनाइटेड अस्पतालमा ५ कोरोना संक्रमितको उपचार गर्ने बेड खाली रहेका छन् ।

 

  • १० जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech