एक हप्ता थपियो निषेधाज्ञा

असल शासन प्रतिनिधि

नेपालगन्ज/  बाँकेमा जारी गरिएको निषेधाज्ञा जेष्ठ १७ गते राती १२ बजेसम्मका लागि लम्बाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आज जारी गरेको सूचनामा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामलाई प्रभावकारी बनाउन थप एक हप्तालाई निषेधाज्ञा लम्बाइएको जनाएका छन् ।

निषेधाज्ञाका क्रममा स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसंचार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, प्रेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंक, बिमा, कृर्षी कार्य, बिउबिजन, विषादी र कृर्षी औजार बिक्रि वितरण सार्वजनिक निर्माण कार्य लगायत अत्यावश्यक सेवा एवम कार्यहरु कामदारहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्डसहित निर्माण स्थलमै राख्ने गरी संचालन गर्न पाइने सूचनामा उल्लेख छ । यो संगै दैनिक उपभोग्य वस्तुका पसलहरु यस अघि बिहाना ७ बजेदेखि ९ बजे सम्म सञ्चालन हुँदै आएकोमा अव बिहाना ७ बजेदेखि ११ बजे सम्म सञ्चालन गर्न पाइने छ ।

पछिल्लो समय बाँकेमा संक्रमितको संख्या केही घट्नुको साथै मृत्यु हुने संक्रमितको संख्या पनि कम छ ।

  • १० जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech