बर्दियामा हात्तीको आक्रमणबाट आमा—छोरीको निधन

असल शासन प्रतिनिधि

बर्दिया/ बर्दियामा जंगली हात्तीको आक्रमणबाट आमा छोरीको निधन भएको छ ।

साेमबार राती गेरुवा गाउँपालिका १ सरखुल खपतपुरकी ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै र तीन वर्षकी छाेरी दिपिकाकाे उपचारका क्रममा ज्यान गएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिए ।

मृतक चन्द्राकी छाेरी दीपिका गम्भीर घाइते भएपछि उपचारका लागि नेपालगन्ज शिक्षण अस्पताल काेहलपुर लगिएकोमा मंगलबार विहान उपचारका क्रममै ज्यान गएकाे हो ।

गर्मीले गर्दा घरबाहिर आँगनमा सुतिरहेका बेला चन्द्रा र तीन वर्षीया छोरी दीपिकालाई साेमबार राति झण्डै १० बजेतिर जंगली हात्तीले आक्रमण गरेको निकुञ्जले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणबाट आमा छोरीको ज्यान गएको हो ।

  • ११ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech