नेपालगन्जमा फुड बैँक

असल शासन प्रतिनिधि

नेपालगन्ज/ कोरोनानाको संक्रमणलाई मध्यनजर गर्दै नेपालगन्जमा फुड बैँक सञ्चालन भएको छ । लायन्स क्लब अफ नेपालगन्ज पञ्चसिलले सञ्चालनमा ल्याएको फुड बैँकको मंगलबार उद्घाटन भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा .धवल शम्शेर राणाले एक कार्यक्रमका बिच सो फुड बैँकको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुनिल सिंह हमालको उपस्थिती थियो । कोरोना संक्रमणका कारण भएको निषेधाज्ञका कारण समस्यामा परेका अति बिपन्न तथा दैनिक ज्यालादारी गर्ने मजदुरहरुलाई लक्षित गरीे फुड बैंक सञ्चालनमा ल्याएको बताइएको छ ।

क्लबका अध्यक्ष भावना सापकोटाको अध्यक्षतामा भएको बैँक उद्घाटन कार्यक्रममा क्लवका पदाधिकारी हरुको उपस्थिति रहेको थियो । क्लवका पदाधिकारी तथा सदस्यहरुले सुरुवात गरेको फुड बैंकमा सहयोगी दाताहरुको सहयोग प्राप्त भएमा कोभिड अवधिभरी नै संचालन गरिने क्लबले जनाएको छ ।

  • १२ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech