स्वास्थ्यकर्मी माथि आक्रमण

सहायक सिडियोको संयोजकत्वमा छानविन समिति गठन

असल शासन प्रतिनिधि

नेपालगन्ज / भेरीअस्पताल नेपालगन्जमा कार्यरत स्वास्थ्यकर्मिहरु माथि हातपात भएको छ । कोरोना संक्रमित विरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले बिहिबार साँझ चिकित्सक र स्वास्थ्यकर्मीहरु माथि आक्रमण गरेका हुन् ।

दाङका एक पुरुषको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएपछि स्वास्थयकर्मिहरुले मारेको आरोप लगाउदै आफन्तले आक्रमण गरेको स्वास्थ्यकर्मिले बताएका छन् । मृतकको कुरुवा समेत रहेका मानबहादुर रावत सहितको समूहले नसिंङ स्टाफमाथि हातपात गरेको थियो । उक्त समूहले डा. चन्द्रप्रकाश साहु, नर्सहरु अस्मिन गुरुङ, सदिक्षा गैरे, रीता अधिकारी र भावना श्रेष्ठलाई आक्रमण गरेको अस्पताल प्रशासनले जनाएको छ । केही नसिंङ स्टापहरुले एक तला भवनको झ्यालबाट हाम फालेर ज्यान जोगाएको बताइन्छ । आक्रमणपछि अस्पतालमा सबैको भागाभाग भएको थियो ।

घटनापछि चिकित्सक र स्वास्थ्यकर्मीहरुले यस्तो असुरक्षाकाबीच काम गर्न नसक्ने भन्दै घटनामा संलग्नलाई कारवाहीको माग गरेका छन् । अस्पताल प्रशासन, जिल्ला प्रशासन, जिल्ला प्रहरी सहितको सर्वपक्षिय फलफपछि घटनाको छानबीन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर बिष्टको संयोजकत्वमा ७ सदसिय समिति गठन गरेको छ । घटनामा संलग्न व्यक्तिहरुको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech