मानवता नेपालद्वारा १ हजार ५ सय मास्क हस्तान्तरण

असल शासन प्रतिनिधि

नेपालगन्ज / मानवता नेपाल बाँकेले मास्क बैंकलाई १ हजार ५ सय थान सर्जिकल मास्क सहयोग हस्तान्तरण गरेको छ ।
मानवता नेपालका कार्य समिति सदस्यहरु मार्फत संकलन गरिएको सहयोग मार्फत मास्क बैंकलाई सहयोग हस्तान्तरण गरिएको हो । मानवता नेपालका अध्यक्ष अम्बिका काफ्ले, उपाध्यक्ष मदुसुधन अधिकारी, सचिब कमल शाही, सहसचिव नवीन पौडेल सदस्यहरु अजिज हलवाई, नेत्र सापकोटा, केपी घिमिरेले मास्क बैंक ब्यवस्थापन समिति संयोजक तथा बासका कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट र जन सम्पर्क अधिकृत मुना बिष्टलाई उक्त मास्क हस्तान्तरण गरेका थिए । मानवता नेपालले आफ्नो स्थापना काल देखि नै सामाजिक कार्यहरु गर्दै आएको छ ।

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech