होम आइसोलेशनमा रहेका कोभिड संक्रमितलाई अण्डा वितरण

असल शासन प्रतिनिधि

नेपालगन्ज / बासद्धारा सञ्चालीत मास्क बैंक मार्फत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का होम आईसोलेशनमा रहेका २० जना सक्रमितलाई अण्डा लगायत सामाग्री वितरण गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष दिपक बर्मासँगको समन्वयमा वडा भित्र होम आईसोलेशनमा रहेका कोभिड सक्रमितलाई प्रति ब्यक्ति एक क्यारेट अण्डा, एक प्याकेट सर्जिकल मास्क र केही डिटल साबुन वितरण गरिएको छ । सक्रमितको घरघरमा पुगि वडाका पदाधिकारी र बासका सहजकर्ता शोभा थापा मगरले उक्त सामाग्री वितरण गरेका थिए । घरमै बसिरहेको अवस्थामा गरिएको सहयोगबाट खुसी भएको होम आईसोलेशनमा बसेका सक्रमितहरुले बताएका छन् । यसरी वितरण गरिएका सामाग्रीका लागि रकम काठमाण्डौंका रुपा दिक्षीत जोशी र प्रकाश आचार्यले मास्क बैंक लाई सहयोग गरेका थिए ।


यसैगरी आज नै बासले मास्क बैंक मार्फत डुडुवा गाँउपालिका स्वास्थ्य शाखाका प्रमुख धन बहादुर बुढालाई ३ हजार थान मास्क हस्तान्तरण गरिएको छ । बासका कार्यक्रम संयोजक रबिन्द्र बोहराले बुढालाई सहयोग हस्तान्तरण गरेका थिए ।

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech