पत्रकार शेषलाई मातृ शोक

असल शासन प्रतिनिधि

नेपालगन्ज/ नेपालगन्जलाई कार्यथलो बनाएर पत्रकारिता गरिरहेका अरसद शेष मातृ शोकमा छन् । शेषकी ६० वर्षीया आमा मोबिना बेगमको शुक्रबार साँझ साढे ५ बजे आफ्नै निवासमा निधन भएको हो । हृदयघातका कारण उनको निधन भएको परिवार स्रोतले जानकारी दिएको छ ।

अवधी पत्रकार संघ नेपाल बाँके शाखा अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले शोक बक्तव्य प्रकाशित गरी अवधी पत्रकार संघ नेपाल जिल्ला शाखा साधारण सदस्य, नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य तथा न्युज फ्ल्यास साप्ताहिकका प्रकाशक/सम्पादक शेषकी ममतामयी आमा मोबिना बेगमको दुखद निधनप्रति बाँके शाखा स्तब्ध भएको शोक वक्तव्यमा उल्लेख गरेको छ ।

जिल्ला शाखाद्वारा जारी शोक वक्तव्यमा भनिएको छ, ‘दुःखको यस घडीमा अवधी भाषी पत्रकार शेष र परिवारजनमा जिल्ला शाखा गहिरो समवेदना प्रकट गर्दछ ।’

त्यस्तै मुस्लिम पत्रकार क्लब नेपालका अध्यक्ष आलम खानले पनि शोक वक्तव्यमार्फत् दुःखको यस घडीमा पत्रकार असरद र परिवारजनमा क्लब गहिरो समवेदना प्रकट गरेको उल्लेख छ ।

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech