आज अपरान्ह ४ बजे बजेट भाषण हुदै

असल शासन प्रतिनिधि

काठमाडौं / सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक गर्ने भएको छ ।
नयाँ आर्थिक बर्षको बजेट जेष्ठ १५ गते भित्र ल्याउनै पर्ने संबैधानिक ब्यवस्था अनुसार शनिवार सरकारले बजेट सार्वजनिक गर्ने भएको हो । प्रधानमन्त्री कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करीब १६ खर्ब आकारमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको बताईएको छ । सार्जजनिक हुने बजेटको निर्णय गर्न अहिले ११ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । बजेट सार्वजनिकीकरणमा प्रधानमन्त्री, मन्त्रिपरिषदका सदस्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नर लगायत सहभागी हुने बताईएको छ ।

  • १५ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech