वेस्टर्न हस्पिटललाई ७५ हजार बराबरको पिपिई

अमेरिकामा रहनु भएका गायक कन्हैया सिंह परियारले कोभिड प्रतिकार्यका लागि बास मार्फत पठाएको रकम १ लाख मध्ये ५० हजार र बास मास्क बैंकमा संकलित रकम २५ हजार गरि ७५ हजार रकम बराबरको स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।

असल शासन प्रतिनिधि

नेपालगन्ज/बासद्धारा सञ्चालीत मास्क बैंकबाट नेपालगन्ज स्थित वेस्टर्न हस्पिटलको कोभिड वार्डलाई पिपिई हस्तान्तरण गरिएको छ ।

अमेरिकामा रहनु भएका गायक कन्हैया सिंह परियारले कोभिड प्रतिकार्यका लागि बास मार्फत पठाएको रकम १ लाख मध्ये ५० हजार र बास मास्क बैंकमा संकलित रकम २५ हजार गरि ७५ हजार रकम बराबरको स्वास्थ्य सामाग्री जेष्ठ १६ गते वेस्टर्न हस्पिटलले संचालन गरिरहेको कोभिड वार्डका लागि प्रदान गरिएको छ ।


जेष्ठ १६ गते वेस्टर्न हस्पिटलका प्रबन्ध निर्देशक डा. राहुल थापालाइ सो रकम बराबरको पिपिई बासका अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट र कार्यक्रम संयोजक रबिन्द्र बोहराले हस्तान्तरण गरेका छन् । पिपिई ग्रहण पश्चात डा. राहुल थापाले बिरामीलाई शुलभ मुल्यमा उपचार प्रदान गरिरहेको भन्दै बास मार्फत भएको सहयोगले थप सहज हुने विश्वास ब्यक्त गरे ।

 

  • १६ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech