मास्क बैंकलाई वडा अध्यक्ष बेहनाको सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज / बासद्धारा सञ्चालीत मास्क बैंकलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले १० हजार १ सय ५१ सहयोग गरेका छन् ।
कोभिड महामारीको पहिलो र दोश्रो कहरमा कोभिड व्यवस्थापनका लागि अग्रपंक्तिमा रहेर खट्ने जनप्रतिनिधिको रुपमा परिचित बेहनाले मास्क बैंकलाइ उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
मास्क बैंकमा पुगेर अध्यक्ष बेहनाले बासका कार्यकारी निर्देशक नमस्कार शाहलाई उक्त रकम हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट, जन सम्पर्क अधिकृत मुना बिष्ट, सहजकर्ता शोभा थापा मगरको सहभागिता रहेको थियो ।

  • १६ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech