फेडोद्वारा सहयोग हस्तान्तरण

असल शासन प्रतिनिधि

बाँके/दलित महिला संघ (फेडो) बाँकेले कोभिड १९ प्रतिकार्यका लागि भेरी अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

फेडोले कोभिड १९ व्यवस्थापनका लागि अस्पताललाई जेष्ठ १७ गते स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । फेडोले २ सय ५० भिटिएम किट, १ सय थान सर्जिकल मास्क र ५ लिटर स्यानिटाईजर हस्तान्तरण गरेको हो । भेरी अस्पताल परिसरमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा अध्यक्ष निर्मला सुनारले भेरी अस्पताल प्रमुख डाक्टर प्रकाश थापा, अस्पताल बिकास समिति सदस्य सरस्वती मल्ललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकि थिईन् । हस्तान्तरण कार्यक्रममा गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाह, पूर्ब अध्यक्ष प्रभात कुमार ठकुरी, फेडोकी कार्यक्रम संयोजक दिलिशा गौतम, लेखा अधिकृत प्रतिभा गुर्ताल, कार्य समिति अञ्जु बि.क., बासका निर्देशक हेमराज भट्ट लगायतको उपस्थिती थियो ।

यसैगरी फेडोले भेरी अस्पताल भित्र रहेको अञ्जनी माता रसोईलाई २ हजार बरावरको तरकारी, २ क्विन्टल चामल, १ सय किलो दाल, १४ लिटर तेल, १०० किलो चना सहयोग हस्तान्तरण गरेकोछ ।

यसैगरी फेडोले कोभिड संकट व्यवस्थापन केन्द्र (DCCMC) बाँकेलाई शव व्यवस्थापनका लागि ४० सेट पिपिई सहयोग गरेको छ । फेडो अध्यक्ष निर्मला सुनार र गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाहले डिसिसिएमसिका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी शिबलाल गेलाललाई पिपिई हस्तान्तरण गरेका थिए ।

यसैगरी फेडोले भेरी अस्पतालमा रहेका बिरामीहरुलाई पोष्टिक आहार प्रदान गरिरहेको द्धन्द्ध पीडित एकल महिला सञ्जाल बाँकेलाई बासलाई सय क्यारेट अण्डा सहयोग गरेको छ । उक्त सहयोग सञ्जालकी अध्यक्ष जयन्ती खत्रीले ग्रहण गरेकि थिईन् । यसैगरी मास्क बैंक सञ्चालन गरि निःशुल्क मास्क बितरण गरिरहेको बासलाई ५ हजार थान मास्क फेडोले प्रदान गरेको छ ।

 

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech