गेरुवा ग्रामीण जागरण संघ बर्दियाद्धारा स्वास्थ्य सामाग्री सहयोग

असल शासन प्रतिनिधि

बाँके/ गेरुवा ग्रामीण जागरण संघ बर्दियाले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आज सोमबार एक कार्यक्रमका बिच जिल्ला बिपद ब्यबस्थापन समिति तथा कोभीड सकट ब्यबस्थापन केन्द्र बाँकेका प्रमुख श्री शिबलाल गेलाललाई गेरुवा ग्रामीण जागरण संघका अध्यक्ष श्री कृष्ण जङ्ग शाहले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।

कोभीड रोकथामका लागी स्वास्थ्य सामाग्री नेपालगन्ज उपमहानगर पालिकालाई उपलब्ध गराउने गरी ६ लाख ९ हजार ९ सय ४८ रुपैया ४६ पैसा हन्तारण गरीएको हो ।
गेरुवाले गत बर्ष करिब साढे तिन करोड सहयोग जुटाई बितरण गरेको थियोे ।

कार्यक्रममा गैरसरकारी सँस्था महासघ बाँके शाखाका अध्यक्ष नमस्कार शाह, नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ प्रमुख राम बहादुर चन्द, वडा नंः १२ का अध्यक्ष बुद्धि सागर सुवेदी संकट व्यवस्थापन केन्द्रका सूचना अधिकृत रुपन ज्ञावली लगायतको सहभागीता रहेको थियो ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech