ज्यालादारी काम गरेर जीविका चलाउने परिवारलाई खाद्यान्न सहयोग

असल शासन प्रतिनिधि

बाँके/ ऐसेम्बली अफ न्यू लाईफ मिसन चर्च गणेशपुरले अति बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ।

बिपन्न वर्गलाई सहयोग गर्ने उदेश्यले अभियानसुरु गरेको चर्चका पास्टर दानीएल शाहीले बताएका छ्न।

अहिले सम्म कोहलपुर , नौबस्ता, बैजनाथ, नेपालगन्जका अति बिपन्न ज्यालादारी मा काम गर्ने १०० बढी परिवारलाई सहयोग गरिएको जनाइएको छ ।

ऐसेम्बली अफ न्यू लाईफ मिशन चर्च गणेशपुरका अनुसार २० केजी चामल , २ केजी दाल,१ लि।तेल २ केजी नुन , १ पाउ स्वाबिन,५ थान साबुन , १५ थान मास्क र प्रति परिवार एउटा सेनिटाईजर वितरण गरिएको छ।

साथै नेपालका अन्य ६ जिल्लामा पनि ऐसेम्बली अफ न्यू लाईफ मिशन चर्च गणेशपुर, द्वारा खाद्यान्न सहयोग गरेको चर्चका पास्टर दानीएल शालीले बताए ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech