पाँच दिने भाषण कला तालिम सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज / बासको आयोजनामा सञ्चालीत ५ दिने भाषण कला तालिम आज समापन भएको छ ।
कोभिडको सक्रमणका बिच अनलाईनको माध्यमबाट सञ्चालन गरिएको उक्त तालिममा देशका विभिन्न जिल्लाका युवाहरुको सहभागिता रहेको थियो । तालिममा भाषण कला के हो, भाषण गर्दा ध्यान दिनुपर्ने कुराहरु, कस्तो भाषण सहभागिका लागि रोचक हुन्छ लगायत भाषण कलाका विभिन्न बिषयमा बासका कार्यकारी निर्देशक नमस्कार शाह, बक्ता रमेश प्रसाई र द आर्ट अफ लिभिङका बरिष्ट प्रशिक्षक कञ्चन घिमिरेले सहजिकरण गरेका थिए ।


आज भएको समापन कार्यक्रममा बोल्दै सहभागिहरुले तालिमबाट कुन ठाँउमा कसरी बोल्ने भन्ने बारेमा ज्ञान हासिल भएको प्रतिक्रिया दिए । बरिष्ट पत्रकार तथा कलाकार कमल बिके निर्मोहीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा स्वागत सहभागि सिजन शाहले गरेकी थिईन् । तालिमका सहभागि जश्मिन शाहले सञ्चालन गरेको समापन कार्यक्रममा बासका कार्यकारी निर्देशक तथा प्रशिक्षक नमस्कार शाहले बोलेका थिए । बासका अध्यक्ष रमेश सिटौलाले समापन गरेको तालिममा ३० जना युवाहरुको सहभागिता रहेको थियो ।

  • १७ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech