बास जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेला सम्पन्न

असल शासन प्रतिनिधि

नेपालगन्ज / बास जिल्ला शाखा अध्यक्षहरुको राष्ट्रिय भेला मंगलबार सम्पन्न भएको छ ।
कोभिड सक्रमणका बिच बासले देश भरी शाखा तथा उपशाखाले गरिरहेका क्रियाकलापहको बारेमा जानकारी आदान प्रदान गर्ने र आगामी योजना तय गर्ने उद्धेश्यले आयोजना गरिएको भेला अनलाईन मार्फत गरिएको छ ।


बास केन्द्रीय कार्यसमितिको आयोजनामा भएको भेलामा बास झापा शाखाका अध्यक्ष अर्जुन खरेल, रुपन्देही शाखाका कार्यकारी निर्देशक बिजया खत्री, कास्कि शाखाका अध्यक्ष शिव वास्ताकोटि, स्यांजा शाखाका अध्यक्ष चुत्र बहादुर महत, डोटी शाखाका अध्यक्ष गणेश मौनी, बाँके शाखाका अध्यक्ष रबिन्द्र बोहरा, रोल्पा शाखा अध्यक्ष कमान सिंह बिक लगायत जिल्ला शाखा अध्यक्षहरुले शाखाले गरिरहेका गतिविधिहरुको बारेमा जानकारी गराएका थिए ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको भेलामा स्वागत बासका उपाध्यक्ष लुना बुढाथोकीले गरेका थिए । बासका ३५ बढी शाखाका अध्यक्षहरुको सहभागिता रहेको भेलामा सहभागि अध्यक्षहरुले शाखाले गरिरहेका कामहरु सँगै केन्द्रसँगको अपेक्षा राखेका थिए । जिल्ला अध्यक्षहरुले कोभिड सक्रमणका कारण भौतिक रुपमा भेटघाट तथा कार्यक्रम हुन नसकेको अवस्थामा केन्द्रीय कार्यालयले आयोजना गरेको अनलाईन भेलाले संस्थाले गरिरहेका कामहरुको पुर्नताजगि भएको बताएका थिए । झण्डै अढाई घण्टा चलेको बैठकमा धन्यबाद ज्ञापन सहित भेलाको समापन बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले गरेका थिए ।

  • १८ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech