यसरी मनाईन् उप-प्रमुख थापा मगरले जन्म दिन

असल शासन प्रतिनिधि

नेपालगन्ज / सुरुवातको अवस्था देखि कोभिड रोकथाम र नियन्त्रणका लागि अग्रपंतिमा खटिदैं आएकी नेपालगन्ज उप–महानगरपालिकाकी उप—प्रमुख उमा थापा मगरले आफ्नोे जन्मदिन पृथक तरिकाले मनाइकी छन् । उपप्रमुख थापाले कोभिड रोकथाम र नियन्त्रणकामा सक्रिय रुपले अभियान सञ्चालन गरेका बिभिन्न संघ संस्थालाई सहयोग गरी जन्म दिन मनाइकी हुन् ।

धेरै ब्यक्तिहरुले जन्म दिनमा भोज भतेर गरेर धेरै रकम खर्च गर्ने गरेको यो अवस्थामा उपप्रमुख थापाले महामारीको रुपमा फैलिएको कोभिड रोकथाम र नियन्त्रणको अभियानमा सहयोग गरेर उदाहरणिय कार्य गरेकी छन् । उपप्रमुख थापा मगरले जन्मदिनको अवसर पारेर कोभिड रोकथाम र नियन्त्रणका लागि बास नेपालले सञ्चालन गरेको मास्क बैँकलाई ५ हजार १ सहयोग गरेकी छन् । बासको केन्द्रीय कार्यालयमा उपस्थित भइ बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलालाई उक्त रकम हस्तान्तरण गरेकी हुन् ।

त्यसैगरी उनले नेपाल पत्रकार महासंघ बाँके शाखालाई एम्बुलेन्स खरिदका लागि ५ हजार १ सय सहयोग गरेकी छन् । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई सहयोग रकम हस्तान्तरण गरेकी हुन् । जन्म दिनकै अवसरमा उपप्रमुख थापाले लायन्स क्लव अफ नेपालगन्ज पञ्चशिलले संचालन गरेको खाद्य बैंकलाई ५ हजार १ सय र भेरी अस्पतालमा २० रुपियाँमा विरामी र कुरुवालाई खाना खुवाईरहेको अञ्जनी माता रसोईलाई ५ हजार १ सय सहयोग गरेकी छन् । कोभिड रोकथाम र नियन्त्रणमा सक्रिय रुपमा लागि परेका संस्थाहरुलाई गरेको आफ्नो थोरै सहयोगले अभियानलाई थप वल पुग्ने विस्वास लिएको उपप्रमुल थापाले ब्यक्त गरिन् ।

  • १९ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech