फातिमा फाउण्डेसनद्धारा स्वास्थ्य सामाग्री र खाद्यान्न सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज / फातिमा फाउण्डेसन नेपालले गैसस महासँघको समन्वयमा डिसिसिएमसि मार्फत स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरेको
छ ।
फाउण्डेसनले डिसिसिएमसि मार्फत भेरी अस्पताललाई हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्रीहरुमा ५५ थान पिपिई, ५० बोटल सेनिटाईजर र ८० प्याकेट मास्क रहेको छ । यसैगरी नेपालगन्ज उपमहानगरपालिकाका लागि १० थान पिपिई, १० बोटल सेनिटाईजर र १० प्याकेट मास्क गैर सरकारी संस्था महासँघ बाँकेका अध्यक्ष नमस्कार शाहको उपस्थितीमा डिसिसिएमसिका प्रतिनिधि प्रशासकिय अधिकृत राम कुमार सोनखरलाई फातिमा फाउण्डेसनकी अध्यक्ष मैमुना सिद्धिकी लगायत संस्थाका प्रतिनिधिले हस्तान्तरण गरेका थिए ।


यसैगरी आज नै भेरी अस्पतालमा रहेको अन्जनी माता रसोईलाई खाद्यान्न सामाग्री सहयोग गरेको छ । यसरी गरिएको सहयोगमा २५० किलो चामल, ५० किलो दाल, १० पेटि पानी, १० लिटर तेल, ५० किलो नुन र २५ किलो सोयाविन रहेको छ । फाउण्डेसनका अध्यक्ष सिद्धिकिले स्वास्थ्य सामाग्री तथा खाद्यान्न गरी आज ३ लाख ४ हजार ८ सय ५० रुपैया बराबरको सहयोग हस्तान्तरण गरेको बताईन् । यसैगरी फातिमा फाउण्डेसनले जेष्ठ २० गते गरिब तथा विपन्न ४० घर परिवारलाई खाद्यान्न सहयोग गर्ने बताएको छ ।

  • १९ जेष्ठ २०७८, बुधबार प्रकाशित

  • Nabintech