कोरोनाबाट चौरजहारीमा एक पुरुषको निधन

असल शासन प्रतिनिधि

रुकुम पश्चिम / कोरोना संक्रमणका कारण रुकुम पश्चिमको चौरजहारीमा एक जनाको निधन भएको छ । बिहिबार दिउँसो चौरजहारी अस्पतालमा चौरजहारी नगरपालिका वडा नम्बर १३ का ८१ बर्षिय एक पुरुषको निधन भएको चौरजहारी नगरपालिकाका स्वास्थ्य सह संयोजक डण्ड शर्माले बताए ।

स्वास्थ्यमा समस्या आएपछि उनी १४ गते नगर अस्पताल भर्ना भएका थिए । ५ दिन सम्म नगर अस्पतालमा उपचार गरेपछि अवस्था सुधार नभएपछि उनलाई १८ गते चौरजहारी अस्पताल ल्याईएको थियो ।

फोक्सोमा समस्या रहेको र यस अघि उनी क्षयरोगको समेत बिरामी रहेको बताईएको छ । आजै उनको दाह सस्कार गरिने चौरजहारी नगरपालिकाले जनाएको छ ।

  • २० जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech