नेपालले चाईनिज ताईपेईलाई हरायो

असल शासन प्रतिनिधि

काठमाडौं / कुवेतको जाबेर अहमद इन्टरनेशनल स्टेडियममा नेपालले चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको छ ।
विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत भएको दोस्रो चरणको खेलमा समूह बी अन्तर्गत नेपालले चाईनिज ताईपेईलाई पराजित गरेको हो । चाइनिज ताइपेईका खेलाडीले खेलको तेस्रो मिनेटमा पेनाल्टी एरियामा बल ह्याण्ड गरेपछि नेपालले पेनाल्टी को अवसर पाएको थियो जसको सदुपयोग गर्दै नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रतामा रहेको नेपालले दोश्रो हाफमा थप एक गोल गर्दै आफ्नो अग्रतालाई दोब्बर बनायो । दोश्रो हाफमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले नेपालका लागि गोल गरेका थिए । दोस्रो जितपछि नेपालले समूह बी अन्तरगत ६ खेलबाट ६ अंक जोडेको छ । नेपालले आगामी खेल जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासंग खेल्नेछ ।

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech