वातावरण दिवसमा बृहत बृक्षारोपण महाअभियान

बास केन्द्रले नेपालगन्ज २० राझाँ चौकमा रहेको सद्भाव बाटिकामा बृक्षारोपण गरेको छ भने शाखा, उपशाखा र साधारण सदस्यहरुले देशै भरी बृक्षारोपण अभियान सञ्चालन गरेका छन् ।

असल शासन प्रतिनिधि

नेपालगन्ज / विश्व वातावरण दिवसको अवसरमा बासले आज नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राझाँ चौकमा रहेको सद्भाव वाटिकामा बृक्षारोपण र सरसफाई गरेको छ ।

 
नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालिको पुनस्थापना भन्ने मुल नाराका साथ बाग्मती सरसफाई अभियानको मुख्य आयोजना, बास नेपालको सह संयोजन र विभिन्न संघ संस्थाहरुको सहकार्यमा भएको देश व्यापी बृहत बृक्षारोपण महाअभियान अन्तरगत उक्त बृक्षारोपण गरिएको हो । आज विहान सद्भाव वाटिकामा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का अध्यक्ष कृष्ण कार्की, बासका अध्यक्ष रमेश सिटौला, कार्यकारी निर्देशक नमस्कार शाह, निर्वतमान अध्यक्ष मन भण्डारी, महासचिब शिब कुमार बर्मा, निर्देशक हेमराज भट्ट, जन सम्पर्क अधिकृत मुना बिष्ट, कार्यक्रम अधिकृत शुद्ध प्रसाद चौधरी, सहजकर्ता शोभा थापा मगर लगायत वडाका पदाधिकारी सहभागि भई बाटिकाको सरसफाई गर्नुका साथै बाटिकामा बृक्षारोपण गरेको छ । बृक्षारोपण कार्यक्रम बन डिभिजन कार्यालय नेपालगन्जको समन्वयमा गरिएको थियो ।
महाअभियान अन्तरगत देशभरी नै विभिन्न संघसंस्था तथा ब्यक्तिहरुको अगुवाईमा बृक्षारोपण भईरहेकोछ । बासले देशभीका जिल्ला शाखा, उपशाखा तथा सदस्यहरुलाई आफुलाई पायक पर्ने स्थानमा बृक्षारोपण गर्न यस अगाडी नै सर्कुलर गरिसकेको थियो ।

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech