मानविय कार्य गर्ने संस्थालाई स्वर्ण जंगले गरे सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० निवासि स्वर्ण जंग शाहले जन्म दिनको अवसरमा मानविय तथा परोपकारी काम गर्ने संस्था तथा अभियानमा सहयोग गरेका छन् ।
नेपालगन्ज स्थित एचसिआरसी हस्पिटलका प्रमुख बरिष्ट प्रसुती रोग बिशेषज्ञ डा. कुमार शान शाहका सुपुत्र स्वर्ण जंगले जन्म दिनमा उक्त सहयोग हस्तान्तरण गरेका हुन् । जन्म दिनको अवसरमा आज बासले सञ्चालन गरेको मास्क बैंकलाई १० हजार १ सय १० रुपैया सहयोग हस्तान्तरण गरेका छन् । नेपालगन् ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगर स्थित मास्क बैंक मै पुगि डा. शाह र उनका सुपुत्र स्वर्ण जंग शाहले बासका अध्यक्ष रमेश सिटौलालाई नगद सहयोग हस्तान्तरण गरेका थिए । उक्त हस्तान्तरण कार्यक्रमका बासका कार्यकारी निर्देशक नमस्कार शाह, महासचिब शिब कुमार बर्मा, निर्देशक हेमराज भट्ट र कार्यक्रम अधिकृत शुद्ध प्रसाद चौधरीको उपस्थिती रहेको
थियो ।


यसैगरी आज नै शाहले नेपाल पत्रकार महासँघ बाँके शाखाले खरिद गर्न लागेको एम्बुलेन्स, नेपालगन्ज स्थित निलसागर सेवाश्रम र भेरी अस्पतालमा २० रुपैयाका खाना अुवाउदै आएको श्री अन्जनी माता रसोईलाई १० हजार १ सय १० रुपैयाका दरले सहयोग हस्तान्तरण गरेका छन् । छोराको जन्म दिनमा परोपकारी कार्यमा सहयोग गर्न पाएकोमा खुसी लागेको डा. कुमार शान शाहले बताए ।

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech