पेट्रोलियम पदार्थमा २ रुपैयाँका दरले मूल्य बढ्यो

असल शासन प्रतिनिधि

काठमाडौं– शनिबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा हालको मूल्य भन्दा सबैमा दुई रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो ।

मूल्यवृद्धि भएपछि अब पेट्रोल १२५,  डिजल १०८ र मट्टितेल र प्रतिलिटर ८० रूपैयाँ कायम भएको छ।

निगमले मूल्य समायोजनपछि पनि निगममलाई पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ ३२ पैसा, डिजलमा ३ रूपैयाँ १७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५८ रूपैयाँ ४६ पैसा घाटा हुने निगमको दाबी छ।

‘निरन्तर बढिरहेको कच्चा तेलको मूल्य एवम् अमेरिकी डलरको तुलनामा नेपाली रूपैयाँको अवमूल्यन हुने क्रम जारी रहने हो भने निगमले आगामी दिनमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहनु पर्ने बाध्यता आउन सक्ने देखिन्छ,’ उपाध्यायद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यद्यपि, एलपी ग्यासमा भने मूल्यवृद्धि गरिएको छैन।

  • २२ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech