कविताः हराएको जिन्दगी

ढुण्डी वैरागी

जीन्दगी !

लेख्दा लेख्दै
शब्द सकिएको
सिखारू कविको
उकुसमुकुस कविता भो
सम्हाल्दै गयो
चिप्लिदै जाने
जीन्दगी !
आकाश बेली को
सुनको लोटा भित्र को जरा भो
कहिले नभेटिने
खोज्दा खोज्दै हराउने
हराएको जीन्दगी
भेटाउन हराएकै
जीन्दगी मेटाउनु
मिठो बाध्यता
आखिर मान्छे हुनु को
अर्थ
खोज्दा खोज्दै
हराउनु पर्ने !

 

 

  • २३ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech