ब्राउन सुगरसहित ३ महिला एक पुरुष पक्राउ

असल शासन प्रतिनिधि

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍नेपालगन्ज– लागूऔषध ब्राउन सुगरसहित ३ महिलासहित एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा खजुरा गाउँपालिका वडा नम्बर ८ का ३३ वर्षीया बिबा शाही, सोही ठाउँका ३० वर्षीय गंगा खड्का, राजापुर नगरपालिका वडा नम्बर ४ बर्दियाका २१ वर्षीया पूजा परियार र नेपालगन्ज उपमहानगरपालिका ९ का ३५ वर्षीय राजेश खटिक रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उनीहरुलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ न्यूरोडस्थित सन्ध्या नास्ता पसलबाट जिल्ला प्रहरी कार्यालय बाँके तथा लागू औषध नियन्त्रण ब्युरो नेपालगन्ज शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुबाट प्लाष्टिकले सानो पुडिया बनाई राखेको ५६ पुडिया (१२ ग्राम २०० मिलिग्राम) ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ र नगद रु.४१,५००। -(एक चालिस हजार पाँच सय) रकम फेला परेको छ । जिल्ला अदालत बाँकेबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २३ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech