झुन्डिएको अवस्थामा श्रीमती, श्रीमान फरार

साबित्री गिरी

बाँके/ बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ मङ्गलपुरमा २२ बर्षकी रेश्मी खान झुण्डिएको अवस्थामा फेला परिन । उनको विहे भएको मात्र ५ महिना भएको थियो । उनी झुण्डिएको अवस्था देखि नै उनका घरपरिवार सबै फरार भए ।

सासु आमा माइतीले कुट्ने भन्दै डराएर भागेको बताउँदै एक हप्तापछि घर फर्किएकी छिन । तर उनका श्रीमान नसुर दिन खान अहिले पनि फरार छन ।

जेठ २२ गते आएको पोष्ट रिपोर्ट अनुसार झुण्डिएको हो वा मारेर झुण्डाइएको भन्ने बारे केहि कुरा नखुलेको बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ मङ्गलपुर स्थित इलाका प्रहरी कार्यालय धनौली बाँकेका इन्सपेक्टर बसन्त आचार्यले बताए ।

सुरुमा आफूकहाँ घटना दर्ता गर्न आएको र पोष्टमाटम रिपोर्टपछि अगाडि बढ्ने भनेर प्रतिक्रिया दिएको आचार्यले बताए । त्यसपछि पिडित माइति पक्ष घटना दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पुगे । तर पोष्टमार्टमा रिपोर्ट नआएसम्म घटना दर्ता भएन । जेठ २२ गते रिपोर्ट आएपछि घटना दर्ता भएर अनुसन्धानको पक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

घटना जेठ १२ गते बेलुका भएको थियो भने पोष्टमार्टम जेठ १३ गते गरिएको थियो । घरमा मृतकका ससुरा मात्र थिए भने सासु र श्रीमान फरार थिए । यसरी फरार हुँदा घटनालाई स्थानिय र आफन्तले संकास्पद मानेका छन । उनको दाहसंस्कार पनि माइती पक्षले नै गरेका छन ।

घटना अगाडि यस्तो भएको थियो

मृतककमा आमा हकनिया पठानिनका अनुसार छोरीले घटना घट्नु अगाडि एक हप्ता पहिले माइतीमा आएर अब म त्यो घरमा जादिन भनिन । दाइजो नल्याएको भन्दै कुटपिट गरेकाले छोरीले नजान भन्दा पनि आफुले फकाएर पठाएको बताइन ।

विहेमा मोटरसाइकल दाइजो मागेको र आफूले दिन नसकेपनि १ लाख नगर व्याजमा रिण काडेर दिएको तर अहिलेसम्म त्यो रिण तिर्न नसकेको उनले दुःखेसो पोखिन । छोरीको कानको सुन पनि बचेर खाएको र दाईजोमा एक लाखको सामान समेत दिएको बताइन । उनले छोरीको खुट्टा भुइमा टेकिएकाले मारेर झुण्डाएको आरोप लगाएकी छिन ।

उनका ज्वाइ नसुर दिन खानले कुटपिट गर्दा छोरी रुदै माइत आउने गरेको र घरमा जादिन भनेर भन्दा समेत सामाजिक बाध्यताले पठाउन परेको उनले बताइन । छोरीले घरमा जान्न भन्दा नपठाएको भए छोरीले मृत्युवरण गर्न नपर्ने बताईन ।

माइतीमा मृतक रेश्मी सहित ७ जना दिदिवहिनी छन । आयश्रोत न्युन छ भने न्याय पक्रियामा जान समेत धौ—धौ परेका मृतकका दाजु शमिर खानले बताए ।

उनले विदेश गएर दुःख गरि पैसा कमाएर ५ लाख खर्च गरेर दाइजो सहित वैनिको विहे गरिदिएपनि बाइक दिन नसक्दा बैनी गुमाउन परेको बताए । उनले बहिनीको मृत्युको  कारण बाइक नै भएको बताएका छन ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech