एम्बुलेन्स खरिदका लागि गैसस महासँघको २१ हजार सहयोग

असल शासन प्रतिनिधि

नेपालगन्ज / गैसस महासँघ नेपाल बाँके शाखाले एम्बुलेन्स खरिदका लागि २१ हजार सहयोग गरेको छ ।

नेपाल पत्रकार महासँघ बाँके शाखाले खरिद गर्न लागेको एम्बुलेन्सका लागि गैसस महासँघ नेपालले उक्त रकम हस्तान्तरण गरेको हो ।

नेपाल पत्रकार महासँघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीलाई गैसस महासँघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाह लगायतका पदाधिकारीहरुले उक्त रकम हस्तान्तरण गरेका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा गैसस महासँघ नेपाल बाँके शाखाका सचिब आशिष बर्मा, कोषाध्यक्ष निर्मला सुनार, सदस्यहरु लोग बहादुर परियार र अभिराज क्षेत्रीको उपस्थिती रहेको थियो ।

कोभिड १९ को सक्रमण बाँकेमा बढ्दै गएपछि गैसस महासँघ नेपाल बाँके शाखाले स्वास्थ्य सामाग्री सहयोगका लागि समन्वयकारी भुमिका निर्वाह गर्दै आएको छ ।

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech