पदाधिकारी र कर्मचारीका लागि दुई दिने तालिम शुरु

असल शासन प्रतिनिधि

नेपालगन्ज / बासले केन्द्रीय पदाधिकारी तथा कर्मचारीहरुका लागि दुई दिने अनलाईन तालिम सञ्चालन गरेको छ ।
बास केन्द्रीय कार्यालयले जिवन परिवर्तनका सुत्र बिषयक तालिम सञ्चालन गरेको हो । मानिसले कसरी आफ्नो जिवनलाई अनुशासित र सफल बनाउने, जिवनको समय तालिका कसरी निर्धारण गर्ने लगायतका बिषयमा तालिम केन्द्रीत रहेको छ । दुई दिन सम्म चल्ने तालिममा द आर्ट अफ लिभिङ्गका बरिष्ट प्रशिक्षक कञ्चन घिमिरेले प्रशिक्षण गरिरहेका छन् । तालिम जेष्ठ २५ गते सम्म चल्ने छ ।

 

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech