नेपालगन्ज उपमहानगरपालिकाले जेष्ठ नागरिकलाई २६ गते खोप लगाउदै

असल शासन प्रतिनिधि

नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिकाले जेष्ठ नागरिकहरुलाई यहि जेष्ठ २६ गते कोभिड बिरुद्धको भेरोसेल खोप लगाउने भएको छ ।
नेपालगन्ज उमपहानगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार उपमहानगरपालिका अन्तरगतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुबाट उक्त सेवा प्रवाह गरिनेछ । उपमहानगरपालिकाले विहान १० बजे देखि अपरान्ह ४ बजे सम्म ६२ देखि ६४ बर्ष उमेर समुहका सम्पूर्ण जेष्ठ नागरिकलाई खोप लगाउन नजिकको स्वास्थ्य संस्थामा आउन अपिल गरेको छ । नेपालगन्ज उमपहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्दले कोभिड बिरुद्धको खोप लगाउन आउने हरेक जेष्ठ नागरिकले अनिवार्य परिचय खुल्ने कागजात साथमा ल्याउनु पर्ने बताए ।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech