कमिट नेपालद्धारा २५ सय थान मास्क हस्तान्तरण

असल शासन प्रतिनिधि

नेपालगन्ज / सामुदायिक सशक्तिकरण तथा रुपान्तरण (कमिट) नेपाल नेपालगन्जले मास्क बैंकलाई २ हजार ५ सय थान मास्क सहयोग हस्तान्तरण गरेको छ ।
बास नेपालगन्जले सञ्चालन गरेको मास्क बैंकलाई उक्त मास्क सहयोग हस्तान्तरण गरेको हो । मास्क बैंकमा आई कमिट नेपालका अध्यक्ष प्रकाश नेपाली (बादी) ले बासका कार्यकारी निर्देशक तथा मास्क बैंक सञ्चालन तथा ब्यवस्थापन समिति संयोजक नमस्कार शाहलाई उक्त मास्क हस्तान्तरण गरेका थिए ।


मास्क हस्तान्तरण कार्यक्रम सञ्चालन गर्दै कमिट नेपालका निर्देशक केशब नेपालीले कोभिड बिरुद्धको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको मास्क बैंकलाई सहयोग गर्न पाउदा खुसी लागेको बताए । मास्क हस्तान्तरण कार्यक्रममा कमिट नेपालका अध्यक्ष प्रकाश नेपाली (बादी), निर्देशक केशब नेपाली, गोपाल नेपाली, सुरज खड्का, बासका कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट र जन सम्पर्क अधिकृत मुना बिष्टको उपस्थिती रहेको थियो ।

यसैगरी आज नै डिसिसिएमसि बाँकेलाई गैर सरकारी संस्था महासँघ बाँकेको समन्वयमा विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
यसरी सहयोग हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीमा पिपिई सेट २० वटा, अक्सिमिटर ३ ओटा, माक्स १२५० पिस र स्यानीटाईजर ५०० एमएल ३५ बोटल रहेका छन् । स्वास्थ्य सामाग्री कमिट नेपालका अध्यक्ष प्रकाश नेपालीले प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई हस्तान्तरण गरेका थिए । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा गैर सरकारी संस्था महासँघ बााँकेका अध्यक्ष नमस्कार शाहको उपस्थिती रहेको थियो ।

  • २५ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • Nabintech